Logo
  माघ १६, २०७९ सोमबार

निहारिकाकाे बच्चा र आराेपी शिवराजकाे ‘डीएनए’ मिल्याे



काठमाडौँ, १८ कार्तिक । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।

राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गरेकी थिइन् ।

राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्