Logo
  माघ १६, २०७९ सोमबार

निर्वाचनमा एकताबद्ध भएर लाग्न सभापति देउवाको निर्देशन



भादगाउँ, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मध्यपुरथिमिमा बुधबार आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताए ।

सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पारे । उनले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिए ।

उनले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्