Logo
  आश्विन १६, २०७९ आईतबार

ललितपुरमा बस पल्टिँदा आठ जना घाइते



काठमाडौँ, ३० साउन । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७१८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्