Logo
  माघ १६, २०७९ सोमबार

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते



अर्घाखाँची, ११ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २-०३८-प-५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको हो ।

सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा सन्धिखर्क-२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्