Logo
  श्रावण ३०, २०७९ सोमबार

प्रदेश-१ को बजेट बहुमतले पारित



विराटनगर, १९ असार । प्रदेश नम्बर-१ सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट पारित गराउन प्रस्ताव पेस गरेका थिए । सदनमा प्रस्तुत भएको विनियोजन विधेयक (बजेट) ध्वनि मतको आधारमा बहुमतले पारित भएको हो ।

आउँदो आर्थिक वर्षका लागि प्रदेश-१ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा सडक, पूर्वाधार तथा सहरी विकासतर्फ १२ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटले कृषि तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १०० रुपैयाँ खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए । तर, त्यसलाई अस्वीकृति गर्दै विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्