Logo
  श्रावण ३०, २०७९ सोमबार

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौँ, २० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

आइतबारदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्