Logo
  आश्विन १६, २०७९ आईतबार

शेयर बजार झन्डै १० अङ्कले घट्यो



काठमाडौँ, ६ भदौ । बुधवार बढेको शेयर बजार बिहीवार भने घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्