Logo
  माघ २२, २०७९ आईतबार

यस्तो छ आजको मौसम



काठमाडौँ, १२ कात्तिक । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्