Logo
  माघ २१, २०७९ शनिबार

एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज



काठमाडौँ, ४ कात्तिक । सर्वोच्च अदालतले रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार जारी गरेको आदेशले गुरुङ उम्मेदवार हुन नपाउने भएका हुन् ।

निर्वाचन कार्यालयको निर्णयविरुद्ध गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गरी दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले गुरुङ दोषी देखिएको भन्दै आदेशमा ‘अतः कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धि अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्