Logo
  माघ २१, २०७९ शनिबार

लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धनः नेपाल



काठमाडौँ, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताएका छन् ।

विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प भएको बताए । उनले राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।”

स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्