Logo
  माघ १६, २०७९ सोमबार

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउछौँ: ओली



दार्चुला, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको शुक्रवार दार्चुलामा उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताका रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इन्च पनि छोड्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्