Logo
  माघ २१, २०७९ शनिबार

हातमा हात मिलाएर सँगसँगै निर्वाचनमा जान चाहन्छौँ: नेपाल



काठमाडौँ, ६ चैत । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कतिपय जिल्लाहरूमा एक्लै पनि शक्ति बन्दै गइरहेको सुनाए । “विभिन्न जिल्लाले भन्दै छ, हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौँ । तर, कतिपय अरू पार्टीहरूले हामी पनि सहकार्य गर्न चाहन्छौँ भनेका छन्,” उनले भने “सहकार्य गर्न चाहनेहरूलाई स्वागत गर्न चाहन्छौँ । हामी हातमा हात मिलाएर सँगसँगै निर्वाचनमा जान चाहन्छौँ ।”

उनले स्थानीय तह निर्वाचबाट पार्टी बलियो शक्तिका रूपमा अघि बढ्न चाहेको पनि बताए ।

पाँचदलीय गठबन्धन तोड्न जालझेल भए पनि त्यसलाई तोडिएको उनको भनाइ छ । “मोर्चा टुटाउन अनेक किसिमका जालझेल, षड्यन्त्र गरिए । हामीले त्यो तोडेका छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्