Logo
  माघ २१, २०७९ शनिबार

स्थानीयको आक्रमणबाट सांसद साह घाइते



सर्लाही, १२ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते भएका छन् ।

स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर सांसद साह घाइते भएका हुन् ।

सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने विषयमा दुई पक्षीबीच भनाभन हुँदा झडप भएको हो ।

ढुङ्गा लागेर घाइते भएका साहलाई स्थानीय अस्पतालमा उपचार गरी थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्