Logo
  माघ २२, २०७९ आईतबार

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरसहित)



विराटनगर ६ सरौचियास्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा अस्थाउँदो सूर्य अर्घ दिँदै ब्रतालु महिलाहरु ।

काठमाडौँ, १३ कात्तिक । काठमाडौँको कमलपोखरी, बागमतीको गुह्येश्वरीलगायतका विभिन्न ठाउँमा छठघाट बनाएर छठ पर्वको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । तराईका नदी र तलाउमा पनि छठ पर्वको अवसरमा सूर्यलाई अघ्र्य दिइएको छ ।

निर्माण कार्य भइरहेकाले यस वर्ष रानी पोखरीमा छठ पर्वको कार्यक्रम भएन । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी घाटमा सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घ्यदान गरेकी छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थापाथलीस्थित बागमती किनारमा बनेको छठघाटमा गई पूजा गरेका छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाइन्छ । काठमाडौंका जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्