Logo
  माघ १५, २०७९ आईतबार

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो



काठमाडौँ, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ जना पुगेको छ ।

गृहमन्त्रालयले दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयौँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताए । उनका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्