Logo
  माघ २२, २०७९ आईतबार

अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता: थापा



काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी घरदैलो अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरेका थिए ।

उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे । थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए । उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित घर दैलो कार्यक्रम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्