Logo
  जेष्ठ ८, २०७९ आईतबार

खै ! नेता ज्यु माहिलो छुटेछ!



माहिलो हिजो नेतासँगै जेल बसेछ
कैयौं झुपडीमा सँगै संगठन गरेछ ।
पार्टीको मोर्चामा अघिपछि लागेछ
जन धन मन दिएर आफैँ जागेछ ।।
पोहर साल ठेकेदारले टिकट पाएछ
डोजर चलाएर पैसा राम्रै कमाएछ ।
घरजग्गाकाे मालामाल व्यापार चलाएछ
आफन्तलाई गाउँ नगरमा जागिर खुवाएछ ।।
बिन्ती बिसाउन कान्तिपुर पुगेछ
नेताज्यु लाई भेट्न पालो कुरेछ ।
यसपाली सबैको गठबन्धन भएछ
टिकट मिलाउँदा मिलाउँदै फेरि माहिलो छुटेछ।।
प्रतिक्रिया दिनुहोस्