ओलीले देउवालाई भने: म लाइभ बहसका लागि तयार छु, तपाईं नि?
फाइल तस्बिर
काठमाडौँ, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू चुनावी एजेन्डाबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष बहस गर्न तयार रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत देउवालाई तयार हुनुहुन्छ भनेर प्रश्नसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ ।’ ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?’