Logo
  माघ १७, २०७९ मंगलबार

गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन: पौडेल



तनहुँ, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गर्नुपरेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका २ मा शुक्रबार आयोजित कार्यक्रममा उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लगे मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए ।

‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो’, उनले भने, ‘यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन ।’

उनले लोकतन्त्रको उपयोग गर्न नसकेको बताए । ‘व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको हो’, उनले भने । हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक पर्ने भन्दै पौडेलले गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्