अध्यक्ष लिङ्देन भन्छन्: राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले
काठमाडौँ, ६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा नेकपा (एमाले)सँग हुने बताएका छन् ।
काठमाडौँको एक कार्यक्रममा बोल्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन् ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरु १०० भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले नै भएको जिकिर गरेका थिए ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटक नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए ।
उनले कांग्रेस र माओवादीलगायतका दलका मतदाताहरुले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै कांग्रेस, कम्युनिस्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताएका छन्।