Logo
  जेष्ठ ८, २०७९ आईतबार

पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण



काठमाडौँ, २४ वैशाख । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् ।

प्रतिक्रिया दिनुहोस्