Logo
  माघ १७, २०७९ मंगलबार

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत



काठमाडौँ, २ पुस । निर्वाचन आयोगले मङ्सिर ४ गते भएको प्रदेशसभा सदस्य चुनावको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीमा रहेका प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई छुटाछुटै प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउन प्रदेश नम्बर १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शम्शेर जबरा, वाग्मती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

टोलीले प्रदेशगत चुनावको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाएका सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्