Logo
  मंसिर २०, २०७९ मंगलबार

अस्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने



अस्ट्रेलिया, ४ मंसिर । अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् । त्यस्तै सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अस्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका लागि अनुमति दिनेछ ।

नयाँ प्रावधानले एक दशकभन्दा लामो समय परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । शरणार्थीलाई तेस्रो देशमा यात्रा गर्न पनि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्