Logo
  माघ २२, २०७९ आईतबार

सत्यमोहन जोशीको निधनबाट देशले एक अभिभावक गुमायो: राष्ट्रपति



काठमाडौँ, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट देशले एक अभिभावक गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले अथक श्रष्टा एवम् अभिभावक गुमाएको पीडाबोध भएको बताएकी हुन् । उनले सत्यमोहन जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गरेकी छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्