Logo
  माघ १६, २०७९ सोमबार

टी-२० विश्वकप: न्युजिल्याण्डसँग श्रीलंका पराजित



सिड्नी, १२ कात्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ ।

अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो ।

श्रीलंकाका लागि दासुन सनाकाले ३५ र भानुका राजापाक्षेले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार तथा मिचेल सान्टनर तथा इश सोधीले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सात विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिपले एक सय ४ रन बनाएका थिए ।

बलिङतर्फ श्रीलंकाका कसुन रजिताले दुई तथा लाहिरु कुमारा, वनिन्दु हसरंगा, धनञ्जय दि सिल्भा र महिस थिकसनाले एक-एक विकेट लिए । समूह ‘१’ मा न्युजिल्याण्ड तीन खेलमा पाँच अंक जोडेर शीर्ष स्थानमा छ । श्रीलंका तीन खेलमा दुई अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्