Logo
  माघ १६, २०७९ सोमबार

टी-२० विश्वकप: बङ्लादेशसँग जिम्बाब्वे स्तब्ध



अस्ट्रेलिया, १३ कात्तिक । टी-२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ ।

अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

जिम्बाब्वेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए । बलिङतर्फ बङ्लादेशका लागि तस्किन अहमदले तीन तथा मोसादिक होसाइन र मुस्ताफिजुर रहमानले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बङ्लादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि नजमुल होसाइन शान्तोले ७१ रन बनाए । जितसँगै तीन खेलमा चार अङ्क जोडेर बङ्लादेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको जिम्बाब्वे चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्