Logo
  माघ १७, २०७९ मंगलबार

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच वार्ता



काठमाडौँ, १० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटन् बालुवाटार पुगेका छन् ।

दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो ।

सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् ।

आजको भेटमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि दुई नेताबीच छलफल हुने बुझिएको छ । राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नु पर्ने भएपनि निर्वाचन आयोगले अहिलेसम्म मिति तोकेको छैन ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्