Logo

रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता



रुस, १ असोज । रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किएका छन् ।

उनी आफ्नो बख्तरबन्द रेल चढेर हिजो बेलुका रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीले जनाएका छन् ।

रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो सार्वजनिक गरेको छ । तास समाचार एजेन्सीले पनि किम सवार रेलको प्रस्थान गरेको देखाएको छ । किमले शनिवार भ्लादिभोस्तोकमा रूसी रक्षामन्त्रीलाई भेट गरेका थिए । साथै त्यहाँ हाइपरसोनिक मिसाइललगायत अत्याधुनिक हतियारको निरीक्षण गरेका थिइ।

गएको मङ्गलवारदेखि शुरु भएको भ्रमण मुख्य गरी सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदानले यसलाई थप प्रमाणित गर्ने आधार तय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । मुख्य गरी मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको र प्योङयाङले आफ्नो क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रूसको सहयोग चाहेको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्