Logo
  माघ १७, २०७९ मंगलबार

‘देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखी काम गर्न कठिनाइ’



काठमाडौँ, १० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् ।

ठूला दलहरुले थिलथिलो बनाएको देश संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताए । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

उनले देशका संयन्त्रहरुलाई हिजो चलाए जस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तर्गतको आधा समस्या आफैँ हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्