Logo

विश्वकप क्रिकेट फाइनल: भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य



काठमाडौँ, ३ मङ्सिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भएको हो ।

भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाएका हुन् । यस्तै विराट कोहली ५४ र कप्तान रोहित शर्माले ४७ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्