Logo
  माघ १७, २०७९ मंगलबार

आज २०७९ माघ ११ गते बुधवारको राशिफल



मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख पनि मिल्ला ।

तुलाः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनुः (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।

वृषः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कन्याः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजग रहन जरूरी छ ।

मकरः (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्