Logo
  माघ १७, २०७९ मंगलबार

भूकम्प अपडेट: बाजुरामा चारवटा घर भत्किए



बाजुरा, १० माघ । बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किएका छन् ।

आज दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए ।

मानवीय क्षतिको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको डिएसपी थापाले बताए ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर पाँच दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्