Logo
  माघ १७, २०७९ मंगलबार

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ: पौडेल



काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिदै उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताए ।

“राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उनले भने, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।”

आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उनले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताए ।

“देशमा सुशासनको आवश्यकता छ । अहिले कुशासन व्याप्त छ । हामीले शासनप्रणाली विकेन्द्रित ग¥यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ”, नेता पौडेलले भने, “एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ । त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ । सुशासनका लािग एकताका आवश्यकता छ ।”

प्रतिक्रिया दिनुहोस्