Logo
  माघ १७, २०७९ मंगलबार

लाल भागिरथा बानियाँ प्रतिष्ठानले अर्पण शर्मासहित तीन प्रतिभालाई सम्मान गर्ने



मेचीनगर, १० पुस । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ ।

लाल भागिरथा बानियाँ प्रतिष्ठानले उनी लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर-१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर-११ की असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।

सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उनीहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताए ।

पुरस्कार छनौटका लागि पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको र सोही समितिको निर्णयका आधारका पुरस्कार दिने निर्णय गरिएको बानियाँले बताएका छन् ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ । उक्त पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्