Logo
  माघ १७, २०७९ मंगलबार

सुनको भाउ अहिलेसम्मकै महँगो



फायल तस्बिर

काठमाडौँ, १० माघ । सुनको भाउले अहिलेसम्मकै उच्च भएको छ ।

सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको हो ।

आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने बिस्तारै घटेको सुनको भाउ फेरि बढेको हो ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्