Logo
  माघ १७, २०७९ मंगलबार

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन



काठमाडौँ, १० माघ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।

बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले २१ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।

त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् । समितिको सभापति समितिले चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्