Logo
  माघ १७, २०७९ मंगलबार

अमेरिकामा गोली प्रहारबाट दुई विद्यार्थीसहित नौ जनाको मृत्यु



अमेरिका, १० माघ । अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुन: दुई वटा गोली प्रहारका घटना भएका छन् ।

यी घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो । यो घटनामा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन् । विद्यालयमा चलेको गोली लागेर दुई विद्यार्थीको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ । उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्