Logo

रुखले च्यापिएर डोटीमा बालकको मृत्यु



डोटी, १७ चैत । डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

सायल गाउँपालिका-२ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए ।

उनका अनुसार सायल गाउँपालिका-५ पटकानी स्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा आज दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्