Logo

रुसी सेनामा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल: पौडेल



काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समूदायसँग आग्रह गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पौडेलले रुसी सेनामा रहेका नेपालीको संख्यामा बारेमा पनि सरकार वेखबर रहेको बताएका हुन् । नेता पौडेलले मृत्यु भएका नेपालीहरूका आफन्तको डीएनए परीक्षण गर्ने नाममा थप पीडा दिने काम भएको समेत बताए् ।

उनले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् । अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् ।

मानवतस्करलाई अनुकूल हुनेगरी श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनको आरोप छ । .

पौडेलले नागरिकहरू पीडामा हुँदा परराष्ट्रमन्त्री देशमा नबस्ने र रुसमा रहेका नेपालीका विषयमा वेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्