Logo

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ: उपप्रधानमन्त्री श्रेष्ठ



लुम्बिनी, २३ चैत । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् ।

ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताएका हुन् ।

विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए । उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरुलाई दु:ख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्