Logo

जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन: स्वास्थ्यमन्त्री यादव



काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् ।

भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् ।

उनले भने “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्