Logo

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन्: मन्त्री शर्मा



झापा, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् ।

आज बिर्तामोडमा प्रेस सेन्टर नेपालको झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता समेत रहेकी उनले संविधानको व्यवस्थामा कुनै परिवर्तन गर्न मन लाग्नेले संसद्मा दुई तिहाई बहुमत पुर्याउँदा हुने बताएकी हुन् ।

विपक्षी राजनीतिक दल राप्रपाले मंगलवार राजधानीमा गरेको प्रदर्शनमा सरकारले दमन गरेको र सांसद्लाई समेत प्रहरीले पिटेको विषयमा सोधिएको प्रश्नको जवाफमा उनले उक्त धारणा व्यक्त गरेकी हुन् ।

‘राजतन्त्रको पक्षमा सरकार छैन, नेपाली जनता छैनन्,’ उनले भन्नि ‘अहिलेको गणतन्त्रमा राजतन्त्रको माग गर्न रोक लगाइएको छैन । तर, कानून तोड्न र अराजकता मच्चाउन भने पाइँदैन । कसैले निषेधाज्ञा तोड्न खोज्छ भने जुनसुकै पदमा भए पनि कानून बमोजिम कार्वाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्