Logo

‘वान टु वान’ वार्तापछि कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू



काठमाडौं,१२ वैशाख । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ । होटेल सोल्टीमा सुरू भएको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको थियो ।

भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको हो । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गर्नुभएको छ ।

मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका कताारका राजा आज फर्कनुहुनेछ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहालाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्