Logo

मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए

आठ मन्त्रीको राजीनामा



काठमाडौँ, ३० वैशाख । मधेश प्रदेश सरकारबाट नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।

एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको हो। त्यस लगत्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्रालयका राज्यमन्त्री शारदा थापाले राजीनामा दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्