Logo

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना दाता सम्मानीत



झापा , ३० वैशाख ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) शंकराचार्यको जन्म जयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे छ ।

कार्यक्रमका अवसरमा अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरी सम्मानीत हुनुभएको हो ।

त्यस्तै समाजका केन्द्रिय संरक्षक तथा अक्षयकोष दाता भरतलाल गिरी, केन्द्रिय अध्यक्ष तथा अक्षयकोष दाता गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार सदस्य तथा अक्षयकोष दाता बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार तथा अक्षयकोषदाता चन्द्रप्रसाद र कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, समाजका कोशी प्रदेश अध्यक्ष तथा अक्षयकोष दाता पदमबहादुर पुरी (प्रकाश), बिर्तामोड नगर सल्लाहकार तथा अक्षयकोष दाता नरनाथ गिरी, नगर सल्लाहकार तथा अक्षयकोष दाता सन्तोष गिरी, अक्षयकोष दाता सूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार तथा अक्षयकोषदाता शंकर गिरी, बिर्तामोड नगर कोषाध्यक्ष तथा अक्षयकोष दाता खड्गराज गिरी र अक्षयकोष दाता हेमराज गिरी सम्मानीत हुनुभएको छ ।

नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गर्नुभएको थियो ।

स्वागत समाजका बिर्तामोड नगर समिति जेष्ठ सदस्य घनश्याम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि कृष्णकुमार गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य एलबी गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), अक्षयकोषदाता नरनाथ गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्