Logo

कर्णाली सहकारीद्वारा निधन भएका सदस्यका परिवारलाई ५ लाख रुपैयाँ राहत प्रदान



झापा, ९ जेठ। झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले भद्रपुरका एक जना शेयर सदस्यको निधन भएकोमा सुपर क्रमिक वचतबाट ५ लाख रुपैयाँ र मानोचामल बापत १२ हजार रुपैयाँ गरी ५ लाख १२ हजार रुपैयाँ रकम परिवारका सदस्यलाई उपलब्ध गराएको छ ।

भद्रपुर नगरपालीका वडा नम्बर १० निवासी सेयर सदस्य प्रदीप चापागाईंको निधन भएको र उहाँ सुपर क्रमिक वचतमा सहभागी हुनु भएकोले उक्त कोषबाट ५ लाख रुपैयाँ चापागाईंको परिवारलाई उपलब्ध गराईएको भद्रपुर सेवाकेन्द्र प्रमुख सुजन भण्डारीले जानकारी दिनुभयो । चापागाईंको निधन भएको आज नवौं दिनको पुण्य तिथिमा सहकारीका तर्फबाट कर्णाली सहकारीका अध्यक्ष टस बहादुर श्रेष्ठ, सचिव भुपाल वस्नेत, पुर्व संचालक समिति सदस्य हेमराज खतिवडा लगायतका शेयर सदस्य तथा कर्मचारीको उपस्थितिमा शोक सभा गरी उक्त रकम चपागाईंको परिवारलाई हस्तान्तरण गरिएको भद्रपुर कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कर्णाली सहकारीको सुपर क्रमिक वचतमा सहभागी हुने सदस्यले मासिक कम्तिमा २ हजार रुपैयाँ देखी अधिकतम ६ हजार रुपैयाँ सम्म जम्मा गर्न सक्ने र उक्त रकम जम्मा हुँदै गर्दा सदस्यको निधन भएमा २ लाख रुपैयाँ देखी १० लाख रुपैयाँ सम्म पाउने भद्रपुर सेवा केन्द्र प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

सोही स्पेशल बचत खातमा सहभागी चपागाईंको निधन भएकोले उहाँको परिवारलाई सहकारीको कोषबाट उक्त रकम प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्