Logo

शिवसताक्षीामा सरकारी कर्मचारी कुटिए, कुटपीटमा संलग्न दुईजना पक्राउ



झापा, १७ जेठ । झापाको शिवसताक्षीामा सरकारी कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाईदिएको भन्दै कुटपिट गरेका हुन् । भट्टराई वडा नम्बर एकका वडा सचिव हुनुहुन्छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराईवडा कार्यालय परिसरमै पिटीएको घटनाका प्रत्यक्षदर्शीले बताए । उनिहरुले भने, ‘वडा सचिवलाई दुईजना सेवाग्राहीले मिलाई मिलाई पिटे ।’ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले वडा सचिव माथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र निजका दाजु घनश्याम बजगाईंलाईे पक्राउ गरेको बताउनुभयो । उहाका अनुसार बिहीबार दिउँसो भएको घटनाको सूचना पाउने वित्तिकै उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अन्सन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले वडा कार्यालयको क्यान्टिनमा वडा सचिव भट्टराईमाथि टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार गरेको बताउनुभयो । कर्मचारी आक्रमण गर्नेलाई हदै सम्मको कारबाहीको माग गर्दे शिवसताक्षी नगरपालिकाका कर्मचारीले विज्ञप्ती मार्फत प्रशासन संग माग गरेका छन् ।

जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । आवेदकले नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्म दर्ता तत्कालिन धरमपुर गाविस सचिव पुर्ण सम्सेर कुँवरले बनाइदिएका थिए । आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्म दर्तामा आमाको थर पनि समावेस गर्न माग गर्दे निवेदन गरेका थिए । बजगाईकी श्रीमती कुईकेल हुन् । जन्म दर्तामा कुईँकेल थर समावेसका लागि बजगाईको वडा अध्यक्ष समक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङले नियमानुसार जन्म दर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाउनुभएको थियो ।

वडा अध्यक्ष चेम्जोङले सच्याईदिनु भन्ने सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराई माथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म दर्ता सच्याउन दर्ता भएको मितिले एक वर्षमा सच्याउन पाईने कानुनी प्रावधान छ । तर, ९ वर्ष अघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

कुटपिटबाट घाइते बनेका भट्टराईको झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्