Logo

सन्दीपलाई भिसा नदिँदा झन्डा हल्लाएर हिँड्न प्रधानमन्त्री र मन्त्रीलाई लाज लाग्दैन : ज्ञानेन्द्र शाही



काठमाडौँ, २० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयामा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न गर्नुभएको छ ।

उहाले भन्नुभयो, ‘पराराष्ट्रनीति पार्टीको पञ्चशीलको आधारमा बनाएको हो कि पार्टीको कार्यकर्ताको घोषणापत्रको आधारमा बनाएको हो रु पञ्चशीलताका आधारमा नेपाल र अमेरिकाको कुटनीतिक सम्बन्ध भएको ७६ वर्ष भएको छ । पञ्चशीलको २ नम्बर बुँदामा आन्तरिक मामिलामा अहस्तक्षेप नीति लिने, पञ्चशीलको सिद्धान्तले कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैैन, हरेक देशको आफ्नै सार्वभौमिता हुने भएकोले उनीहरु आफ्नो देशको शासन, पद्धति र निर्णय प्रक्रियामा स्वतन्त्र हुन्छन् । यसले देशको आन्तरिक मामिला अहस्तक्षेपको नीति अंगिकार गर्दछ’ भनेको छ ।’

उहाले उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै प्रश्न गर्नुभयो । उहाले मन्त्रीले स्टन्टबाजी मात्रै गर्ने हो भन्दै प्रश्न पनि गर्नुभयो । उहाले विश्वकप हुँदा आफ्नो खेलाडीलाई भिसा नदिँदा चुप लागेर बस्ने परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय नचाहिँने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्