Logo

टी२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध



काठमाण्डौ, २१ जेठ । अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ ।  नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै नतिजा सुम्पियो ।

यस अघि ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर पहिलो र तेस्रो बलमा विकेट गुमाएपछि नामिबिया दबाबमा आयो । अन्तिम ३ बलमा नामिबियालाई ५ रन आवश्यक रह्यो ।

चौथो बलमा ब्याट्सम्यानले १ रन मात्रै जोड्न सके । ५ औँ बलमा २ रन बटुले । अन्तिम बलमा नामिबियालाई जितका लागि २ रन आवश्यक थियो ।

मेहरान खानले फ्याँकेको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन् । नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरेपछि खेल बराबरी भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्