Logo

मालपोत कार्यालय अगाडी कारमा आगलागी 



झापा, २१ जेठ । झापाको भद्रपुर ८ स्थित मालपोत कार्यालय अगाडी राखेको कारमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कारको आन्तरिक वाइरिङ्ग सिस्टममा सर्ट भएर आगलागी भएको र भद्रपुर नगरपालिकाको वारुण यन्त्रदे आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट प्र१-०१-० च ९८१९ नम्बरको कारको अगाडिको भाग जलेर पूर्ण क्षति भएको छ भने कुनैपनि मानविय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्